समाचार
संछिप्त परिचय ।
शहिदनगर नगरपालिका नेपालकाे प्रदेश नं.२ अन्तरगत धनुषा जिल्लाकाे दक्षीण भागमा अवस्थित एक सुन्दर नगरपालिका हाे ।वि.सं.२०७३ सालमा संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय ७५३ स्थानिय तह लागु गर्दा धनुषा जिल्ला साविककाे बालाबाखर,चाेराकाेयलपुर,यदुकुहा, नन्नुपट्टि, खरीहानी ६, पचहर्वा, हठ्ठीपुर हरवाडा, धवाैली, बिसरभाेरा र गाेठकाेयलपुर गा.वि.समितीहरुलाइ समायाेजन गरेर शहिदनगर नगरपालिका बनाएकाे हाे ।यस नगरपालिकाकाे कुल क्षेत्रफल ५७.३७ कि.मी. रहेकाे र कुल जनसंख्या ४३००७ रहेकाे छ । यस नगरपालिकाकाे पुर्वमा कमला नगरपालिका पश्चिममा हंसपुर नगरपालिका र अैारही गाउँपालिका उतरमा सबैला नगरपालिका दक्षीणमा विदेह नगरपालिका र कमला नगरपालिका रहेकाे छ । शहिदनगर नगरपालिकामा बढी संख्यामा हिन्दु धर्मालम्वि र मुस्लिम धर्मालम्वि हरु रहेका छन् ।